नियम ५ग
विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बोर्ड मार्फत गर्नु पर्ने
(१) सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा ऐनको दफा ३२ बमोजिम बोर्ड मार्फत गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विज्ञापन वा सूचना, प्रकाशन तथा प्रसारण गर्नुपूर्व विज्ञापनदाताले सञ्चार माध्यम छनौट गरी बोर्डको सूचना प्रविधि प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञापन वा सूचनामा रहेको विषयवस्तु वा प्राविधिक पक्षको कारण त्यस्तो विज्ञापन वा सूचनाको उत्पादन, प्रकाशन तथा प्रसारण गर्नको लागि विज्ञापन एजेन्सीको सेवा लिन आवश्यक देखिएमा सरकारी निकायले खरिद सम्बन्धी प्रचलित कानूनको अधीनमा रही विज्ञापन एजेन्सीको सेवा लिन सक्नेछ।
(४) उपनियम (३) बमोजिमको विज्ञापन एजेन्सीले सरकारी निकायको छनौट बमोजिम विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्न बोर्डको सूचना प्रविधि प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।
(५) उपनियम-(२) र (४) बमोजिम प्राप्त विज्ञापन वा सूचनालाई बोर्डले यथासम्भव छिटो प्रकाशन तथा प्रसारणको व्यवस्था मिलाउनु पर्नेछ।